दोलखाको भिमेश्वर मन्दिरको शिलामा पसिना, देशमा अनिष्ट हुने संकेत
दोलखा। जिल्लाकै प्रसिद्ध मन्दिर भिमेश्वर मन्दिरको शिलामा बिहिबार बिहान ६ बजेर ३० मिनेटबाट पसिना आएको छ ।
शिलामा लगातार एक घण्टासम्म पसिना आएको स्थानीय काशिनाथ श्रेष्ठले बताए । नियमित पूजाआजा गर्ने क्रममा टहलुवाका काशिनाथ श्रेष्ठले शिलामा पसिना आएको देखेपछि स्थानीयलाई खबर गरेका थिए ।
मन्दिरको शिलामा पसिना आएपछि देशमा अशुभ घटना हुन सक्ने जनविश्वास छ । श्रेष्ठका अनुसार शिलाको दाहिने भागमा पसिना आउँदा राजखानदान वा सरकारलाई अशुभ हुने र देब्रे भागमा पसिना आउँदा जनातालाई अशुभ हुने जनविश्वास छ ।
शिलामा पसिना आएपछि यतिबेला मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।
पसिना भिमेश्वर मन्दिर