विदेश

जर्मनीको हनाउमा गोलाबारी: ८ जनाको मृत्यु

जर्मनीको हनाउमा गोलाबारी: ८ जनाको मृत्यु

जर्मनी। पश्चिम जर्मनीको हनाउ शहरमा रहेको दुई वटा रेस्टुरेण्टमा गोली चल्दा ८ जनाको ज्यान गएको छ । गोली काण्डमा अन्य पाँच जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार राति १० बजे गोली चलेको प्रहरी अधिकारीले बीबीसीलाई बताए । सिटी सेन्टरमा रहेको रेस्टुरेन्टमा पहिलो गोली चलेको र हनाउ शहरको केसेलस्टाड नजिक दोस्रो पटक गोली चलेको जनाइएको छ । 

पहिलो गोली काण्डमा तीन जनाको ज्यान गएको र दोस्रो पटक गोली चल्दा अन्य पाँच जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । गोली चलाउनेको परिचय खुलिनसकेको र घटनाको थप विवरण आउँन बाँकी रहेको बीबीसीले जनाएको छ । 

हनाउ शहर हेसन प्रान्तमा पर्छ, जुन फ्र्याङ्कफर्टबाट पूर्वतर्फ २५ किमी टाढा रहेको छ । 

 

जर्मनी गोलाबारी

विशेष