News

अडियो काण्डबारे मन्त्री बाँस्कोटाको प्रतिक्रियाः ‘आरोप प्रमाणित भए सजाय भोग्न तयारी छु’ 

अडियो काण्डबारे मन्त्री बाँस्कोटाको प्रतिक्रियाः ‘आरोप प्रमाणित भए सजाय भोग्न तयारी छु’ 

कञ्चनपुरः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको अडियो सम्बन्धमा आरोप प्रमाणित भए सजाय भोग्न तयारी रहेको बताएका छन् ।

आज बिहान नेकपा बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा  मन्त्री बाँस्कोटाले भने, ‘जसले गल्ती गर्छ, त्यही जान्छ । यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला ।’ 

उनले काठमाडौं फर्किएपछि अझै विस्तृत प्रतिकृया दिने बताए । मन्त्री बाँस्कोटाले यसलाई राजनीतिक रंग दिएर प्रपोगाण्डा मच्चाउन लागिएको प्रारम्भिक प्रतिक्रिया दिए । 

उनी आजै बेलौरीमा टेलिकमको उद्घाटन र पुनर्वासमा कार्यकर्ता भेटघाट गरेर काठमाडौं फर्किने कार्यक्रम छ । मन्त्री बाँस्कोटा बुधबार महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न यहाँ आएका थिए । 

गोकुल बास्कोटा सेक्युरिटी प्रेस खरिद अडियो काण्ड

विशेष