विदेश

चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २ हजार २९ पुग्यो, जापानी क्रुजका २ यात्रुको पनि मृत्यु

चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २ हजार २९ पुग्यो, जापानी क्रुजका २ यात्रुको पनि मृत्यु

एजेन्सी। चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २०२९ पुगेको छ। उता जापानमा कोरोना भाइरसको संक्रमणका कारण जापानी क्रुजमा राखिएका २ यात्रीको पनि मृत्यु भएको छ। चीनको क्षेत्रिय स्वास्थ्य समितिका अनुसार पछिल्लो २४ घटनामा करिब ३ सय ४९ जनामा यस भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ।  

कुल १२ सय ९ जना संक्रमित भने यस संक्रमणबाट पूर्ण रुपमा ठिक भएका छन भने १ हजार ३ सय ३७ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। गत डिसेम्बरमा चीनको हुबेई प्रान्त वुहानमा देखिएको यो संक्रमण हाल २० भन्दा बढी देशमा फैलिएको छ।  

चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ७४ हजार ५ सय ७६ जना संक्रमित भएका छन। संक्रमित मध्ये ११ हजार ८ सय ६४ जनाको अवस्था गम्भीर रहेको बताईएको छ।  

जापानी क्रुजका दुई वृद्ध यात्रीको निधन 

जापानमा कोरोना भाइरसको संक्रमणको आशंकामा छुट्टै स्थानमा रखिएको एक क्रुजका दुई जना वृद्ध यात्रीको पनि मृत्यु भएको छ। मिडिया रिपोर्टका अनुसार मृत्यु हुनेमा एक बृद्ध र एक वृद्धा रहेका थिए। ति दुवै कोरोना भाइरसबाट संक्रमित रहेको र ८० बर्षको आसपासका थिए।  

 

 

#कोरोना भाइरस

विशेष