News

'ॐ नम: शिवाय'लाई किन भनिन्छ महामंत्र, जान्नुहोस कारण

'ॐ नम: शिवाय'लाई किन भनिन्छ महामंत्र, जान्नुहोस कारण

शिवभक्तहरुलाई अक्सर एकै सवालले समस्यामा पारिरहेको हुन्छ, त्यो हो शिवरात्रिमा कुन मन्त्रले शिवको जप गर्ने ? वास्तवमा शिवसँग महामृत्युन्जय पनि जोडिएको हुन्छ जसको मन्त्रले मृत्युलाई समेत मात दिन सक्छ।  'ॐ नम: शिवाय' यो एक त्यस्तो मन्त्र हो जसलाई शिवभक्तले आफ्नो मष्तिस्कमा साथ साथै आफ्नो जिन्दगीको हिस्सा बनाएका हुन्छन। किनकि यो मन्त्रलाई ध्यान,मनन र चिन्तन गर्न निकै नै सजिलो छ। त्यसकारणले पनि जपमा यसलाई सर्वोत्तम स्थान दिइएको छ ।  

मन्त्रको जपबाट हुनेछ परम साधना 

तन मनलाई एकाग्र राखी मन्त्र जप गर्नु कुनै पनि मानिसका लागि आध्यात्मिक मार्गको सुरुवात गर्नु बराबर हुन्छ। यो साधना पनि हो। हिन्दु धर्ममा आध्यात्मिक उर्जालाई उच्च स्तरमा लैजानका निमित्त मन्त्र सबै भन्दा महत्वपुर्ण माध्यम हो। मान्यता अनुसार हामी जति उर्जा र स्फूर्ति मन्त्र जपबाट प्राप्त गर्न सक्छौं, त्यो उर्जा सामान्य पूजाबाट सम्भव छैन। ।  

'ॐ नम: शिवाय' त्यस्तो मूल मन्त्र हो जसलाई केहि सभ्यतामा महामंत्र मान्ने गरिन्छ। यस मन्त्रको अभ्यास अलग अलग तरिकाले पनि गर्न सकिन्छ मालाको जप गर्ने या त मनन गर्ने।  यसलाई स्वासप्रस्वाससंग पनि जोडिन्छ। मन्त्र जप गर्ने समयमा हामीसँग यो लक्ष्य हुनु आवश्यक छ कि हामी परात्मासमक्ष कसरि पुग्न सक्छौं जसलाई परमेश्वर यानी इश्वरको दर्जा दिइएको छ।  

'ॐ नम: शिवाय'को प्रतिक देख्नमा छोटो लाग्ने यो मन्त्र पाँच मन्त्रको बराबर हुन्छ। यसै कारणले गर्दा यस मन्त्रलाई पंचाक्षरको दर्जा समेत दिइएको छ। यो पंचाक्षर प्रकृतिमा पाइने पाँच तत्वको प्रतिक हो साथै यसले शरीरको पाँच मुख्य अंगलाई पनि दर्शाउछ। साधनाको मध्यमबाट मन्त्रको पंचाक्षरबाट शरीरको पाँच अंगहरुलाई पनि जागृत गर्न सकिन्छ।  

त्यसकारण जप गर्नाले मन र बुद्धि त शुद्ध हुन्छ नै साथमा यसले आसपासका प्रणालीहरुलाई पनि शुद्ध बनाई शक्तिशाली बनाउछ।

'ॐ नम: शिवाय समान अरु मन्त्र छैन 

शिवमहापुराणमा बताए अनुसार  'ॐ नम: शिवाय समान दोस्रो मन्त्र छैन। यहाँसम्म कि हिन्दु  धर्ममा कुल सात करोड मन्त्र र केहि उपमन्त्रहरु छन। तर यो मन्त्र जतिको ठुलो मन्त्र अरु छैन। भनिन्छ जसले 'ॐ नम: शिवाय' मन्त्रलाई साधना बनाएको छ उसले समस्त शास्त्र पढेको र अनुष्ठान गरे सरहको फल प्राप्त गर्दछ।  

 

'ॐ नम: शिवाय'

विशेष