मन्त्री बाँस्कोटाको ‘मा..मु’ प्रति निजामती कर्मचारी यूनियनको आपत्ति
काठमाडौंः सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई लिएर गरेको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी यूनियन केन्द्रीय कमिटीले आपत्ति जनाएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक अडियोमा मन्त्री बाँस्कोटाले कर्मचारीलाई अश्लिल शब्द प्रयोग गर्दै खाली समेत गरेका छन् ।
उनको यो शब्दलाई लिएर कर्मचारीहरुले कडा निन्दा गरेका हुन् । मन्त्री बाँस्कोटाले अडियोमा अश्लिल शब्द प्रयोग गर्दै कर्मचारीलाई गाली गरेको सुनिन्छ ।
गोकुलप्रसाद बाँस्कोटा निजामती कर्मचारी यूनियन