News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पर्यटन परी’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पर्यटन परी’

काठमाडौंः संस्कृति पर्यटन तथा नागरिक उडयान मन्त्री योगेश भटराईले मुलुककको एक मात्र अन्तराष्ट्रिय विमान स्थल प्रविधिमैत्री हुँदै गएको बताएका छन् । विमानस्थलमा राखिने रोर्बटको आज उद्घाटन गर्दे मन्त्री भटराईले विमानस्थलमा यात्रुहरुलाई सहजता प्रदान गर्न यस रोर्बटले सहयोग गर्ने बताए ।

विमानस्थलको अध्यागमन प्रणालीमा सुधार गरिएको उल्लेख गर्दे मन्त्री भटराईले स्रोतको सिमितता भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थललाई सुविधा सम्पन्न वनाउँदै लगिने बताए ।

नेपाली प्राविधिकहरुले निर्माण गरेको रोर्बटले विभिन्न सूचनाहरु उपलब्ध गराउँछ । नेपाली, अंग्रेजी र चाईनिज गरि तीन भाषामा रोर्बटले प्रयोगकर्तालाई सूचना उपलब्घ गराउने नेपाल नागरिक उडडयान प्राधिकरणले जनाएको छ ।

प्राधिकरण, नेपाल पर्यटन वोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयको संयुक्त खर्चमा रोर्बट तयार पारिएको हो । ‘पर्यटन परी’ नाम दिएको दुई वटा रोर्बट पाईला टेक्नोलाजीले निर्माण गरेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका रोर्बटले नेपाल आउने पर्यटकहरुलाई नेपालको वारेमा जानकारी लिन सहज हुने वताइएको छ । नेपालको ट्रेकिङ, संस्कृति, समाज साथै विमानस्थलभित्रको स्थानहरु पत्ता लगाउन रोबर्टमार्फत सहज हुने पाईला टेक्नोलोजीका आयुस कसजुले बताए । विमानस्थलमा आइपुगेका पर्यटकले जानकारीका लागि कर्मचारीसँग सोधिरहनु पर्ने बाध्यता यस रोर्बटले हटाईदिने कसजुले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल योगेश भटराई पर्यटन परी

विशेष