News

सञ्चारमन्त्री बास्कोटाद्वारा राजीनामा

सञ्चारमन्त्री बास्कोटाद्वारा राजीनामा

काठमाडाैँ – सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले पदबाट राजीनामा दिएका हुन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको अनौपचारिक जानकारी आफूलाई प्राप्त भएको बताएका हुन् ।

मन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले संसदलाई मन्त्री बास्कोटाले राजीनामा दिइसकेको जानकारी आफूले पाएको बताएका हुन् ।

मन्त्री बास्कोटाले राजीनामा दिएको जानकारी अनौपचारिक रुपमा आफूले पाएको र यससम्बन्धमा लिखित जानकारी आउने विश्वास व्यक्त गर्दै उनले प्रतिपक्षी दललाई संसदको कारवाही अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए ।

 

 

विशेष