उपाध्यक्षमा नेता बामदेव गौतमलाई सर्वसम्मत चयन
नेपाल कम्युनिस्ट पार्टीले उपाध्यक्षमा नेता बामदेव गौतमलाई सर्वसम्मत चयन गरेको छ ।
यसअघि विधान संशोधन गरी गौतमलाई उपाध्यक्ष बनाउने विषयमा सचिवालयमा सहमति भएको थियो । सचिवालयको सहमतिका आधारमा नै केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गर्दै गौतमलाई उपाध्यक्षमा सर्वसम्मत निर्णय गरेको हो ।
यो निर्णयसँगै नेकपामा पदाधिकारी थपिएका छन् । दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेतामा झलनाथ खनाल, उपाध्यक्षमा गौतम र महासचिव विष्णु पौडेल छन् । नेकपा सचिवालय नौ सदस्यीय रहेको छ ।