गोकुल बाँस्कोटा अझै बहाल वाला मन्त्रीकै सूचीमा!
काठमाडौं - नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिए पनि उनको नाम अझै मन्त्रीको सूचीबाट हटेको छैन। ७० करोड कमिसन मागेको आरोप लागेपछि उनले बिहीबार पदबाट राजीनामा दिएका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको मन्त्रीको सूचीबाट भने उनको नाम शुक्रबारसम्म पनि हटेको छैन ।
आज शुक्रबार महाशिवरात्रि पर्वको सार्वजनिक बिदा भने परेको छ । यद्यपि, उनको राजीनमा बिहीबार दिउँसै आएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारै अर्थमन्त्री डा. युवराज खतिवडालाई सञ्चार मन्त्रालयको कार्यभार तोकेकी थिइन् ।
समाजवादी पार्टीले सरकार छाडेपछि रिक्त सहरी विकास मन्त्रालयको कार्यभार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङलाई तोकिएको थियो । रिक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा हालै निवर्तमान उपसभामुख डा। शिवमाया तुम्बाहाङफेलाई नियुक्त गरिएको थियो ।