News राजनीति

देशभक्ति र सदाचार मेरो जीवनका अभिन्न अंग : सभामुख सापकोटा

देशभक्ति र सदाचार मेरो जीवनका अभिन्न अंग : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले देश भक्ति र सदाचारमा कहिल्यै सम्झौता नगर्ने बताएका छन् । 

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आइतबार सभामुख सापकोटाले आफ्नो जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण कुरा नै देश भक्ति र सदाचार रहेकाले आफूले त्यसमा कहिल्यै पनि सम्झौता गर्न नसक्ने बताएका हुन् । ‘‘देश भक्ति र सदाचारमा म सम्झौता गर्ने छैन ।

कुनै हालतमा पनि दुईवटा मेरो जिन्दगीका सबैभन्दा मुख्य कुरा हुन देश भक्ति र सदाचार,’’ उनले भने । उनले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण व्यवस्थापिका संसदको महत्त्वपूर्ण कार्य भएकाले त्यस तर्फ आफ्नो ध्यान केन्द्रित भएको बताए ।

उनले भने, ‘‘अहिले हाम्रो राष्ट्रको कार्यभारको कुरा गर्दा सबैभन्दा महत्त्वपूर्ण थलो जननिर्वाचित सर्वोच्च संस्था व्यवस्थापिका सदन त्यसको मुख्य कार्यभार भनेकै लोकतन्त्रको विकास विस्तार र सुदृढीकरण हो भन्ने मलाई लाग्छ कुनै समस्या छन् भने पनि त्यसको विकास, विस्तार र सुदृढीकरण गरेर नै हामी त्यो समस्याको साधान गर्न सक्छौं ।’’

उनले संसदलाई प्रभावकारी बनाउनु सबै सांसदहरुको सहयोगको अपेक्षा गरेको बताए ।

विशेष