घुस बार्गेनिङले बाँस्कोटाको बहिर्गमन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा विश्वासपात्रका रूपमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा ‘घुस बार्गेनिङ’ प्रकरणका कारण मन्त्रिपरिषद्बाट बहिर्गमित भएका छन्।
सेक्युरिटी प्रेस खरिदमा स्विस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसँग गरेको मोलमोलाइको श्रव्य सामग्री सार्वजनिक भएलगत्तै बाँस्कोट बिहीबार सरकारबाट अलग्गिए पनि उनले यो मुद्दाबाट सजिलै उन्मुक्ति पाउनेछैनन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबारै मन्त्रालयबाट खरिद प्रकरणसम्बन्धी सम्पूर्ण कागजात जफत गरी अनुसन्धान गर्न थालेकाले पनि उनी भविष्यमा कारबाहीको दायरामा पर्न सक्ने सम्भावना बढेको छ। बाँस्कोटामाथि लागेको आरोप सीधै सरकारतर्फ सोझिएपछि प्रधानमन्त्री ओलीकै निर्देशनमा यो प्रकरणको छानबिन हुने भएको हो।
बाँस्कोटाको राजीनामासँगै सेक्युरिटी खरिद प्रक्रियासमेत तत्काललाई अवरुद्ध हुन पुगेको छ। तर यही मुद्दालाई प्रमुख विपक्षी नेपाली कांग्रेसलगायत दलले चर्काउने संकेत पहिलो दिनमै देखिएको छ। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन।
बार्गेनिङ बहिर्गमन बाँस्कोटा