News

शिव पूजाको क्रममा भुलेर पनि नगर्नुहोस यस्ता गल्ति

शिव पूजाको क्रममा भुलेर पनि नगर्नुहोस यस्ता गल्ति

आज महाशिवरात्रि पर्व देशभर मनाईदै छ। महाशिवरात्रि पर्व प्रत्येक बर्षको फागुन कृष्ण पक्षको चतुर्दशी तिथिका दिन मनाइने गरिन्छ। ११७ बर्षपछी आजको शिवरात्रिको अद्भुत संयोग जुरेको छ। 

शनि स्वयंको राशी मकरमा र शुक्रको मीनमा हुनु एक दुर्लभ योग हो। यस योगमा भगवान शिव पार्वतीको पूजा अर्चनालाई महत्वपुर्ण मानिन्छ। महाशिवरात्रिको दिन शिव पुरन र  महामृत्युन्जय मन्त्रको जप गर्नुपर्छ। यस व्रतलाई लिएर शास्त्रमा केहि नियमहरु पनि बताईएको छ। जसको पालना नगर्नाले मानिस भगवान शिवको कृपाबाट बन्चित हुने मान्यता रहेको छ। 

शिव पूजाको समयमा भुलेर पनि नगर्नुहोस यस्ता गल्ति 

शंख जल 

भगवान शिवले शंखचुड नामक असुरका बध गरेका थिए। शंखलाई त्यसै अशुरको प्रतिकको रुपमा लिइन्छ, जो भगवान विष्णुका प्रमा भक्त थिए। त्यसैले भगवान बिष्णुको पूजा शंखबाट जल चढाईन्छ शिवको होइन।

पुष्प 

भगवान शिवको पूजामा केशर, मालती, चम्पा, चमेली, जाहि जुही जस्ता पुष्प चढाउनु हुँदैन।  

तुलसीको पत्ता 

जालन्धर पत्नी वृन्दाको अंशबाट तुलसीको जन्म भएको हो। जसलाई भगवान विष्णुले आफ्नी पत्नीको रुपमा स्वीकार गरेका थिए। त्यसकारण शिव पूजाको दौरानमा भुलेर पनि तुलसी चढाउनु हुँदैन। 

कालो तील 

कालो तील भगवान बिष्णुको मयलबाट उत्पत्ति भएको मान्यता रहेको छ। त्यसकारण यो पनि शिव पूजामा अर्पण गर्नु हुँदैन।

टुक्रिएको चामल 

भगवान शिवलाई अक्षता यानी साबिक चामल मात्र अर्पित गर्नुपर्ने शास्त्रमा उल्लेख छ। टुक्रिएको चामल अशुद्ध र अपूर्ण हुने हुनाले यसलाई पूजाको दौरानमा चढाउने गरिंदैन। 

सिन्दुर 

सिन्दुरलाई  सौभाग्यको प्रतिक मानिन्छ, तर शिब बैरागी भएकाले उनलाई सिन्दुर अर्पण गरिंदैन। 

 

शिवरात्रि

विशेष