महाशिवरात्रि: राशि अनुसार अपनाउनुहोस् यो उपाय, पूरा हुनेछ मनोकामना
महाशिवरात्रिका दिन सबै राशिका मानिसले आफ्नो राशी अनुसार पूजा गरेको खण्डमा मनोकामना पुरा हुने जनविश्वास रहेको छ।
जान्नुहोस कुन राशिका मानिसले कुन शिवको पूजा गर्ने, महाशिवरात्रिमा आफ्नो राशी अनुसार गर्नुहोस यी उपाय, भोलेनाथले गर्नेछन, इच्छा पुरा
मेष राशि
महाशिवरात्रिका दिन रातो चन्दन या रातो रंगको पुष्प भगवान शिवलाई अर्पित गरि 'ऊँ नागेश्वराय नम' मंत्र ५१ या १०८ पटक जप गर्नाले मनोकामना पुरा हुनेछ।
वृष राशि-
वृष राशि हुनेहरुले भगवान शिवलाई पुजाको समय चमेलीको फुल अर्पण गर्नी शिवजीको रुद्राष्ट पाठ गर्नुपर्छ।
मिथुन राशि
यस रही हुनेहरुले भगवान शिवलाई भांग, धतुरो अर्पण गरि १०८ पटक शिव पंचाक्षरी मंत्र- ॐ नम: शिवाय जप गर्ने
कर्कट राशि
कर्क राशि हुनेले शिवलिंगको अभिषेक भांग मिश्रित गाईको दूधले गरि रूद्रष्टाध्यायीको पाठ गर्ने
सिंह राशि
शिवको पुजाको दौरानमा रातो फुल चढाई शिव चालीसाको पाठ गर्ने
कन्या राशि
कन्या राशी हुनेहरुले भगवान शिवको पूजा बेलपत्र, भाङ, धतुरो आदि सामग्री शिवलिङमा अर्पित गरि शिव पंचाक्षरी मंत्र ऊँ नमः शिवाय का जप गर्ने।
तुला राशि
पूजाको समयमा मिश्रीयुक्त दुधले शिवलिङको अभिषेक गर्ने त्यसपश्चात शिवको सहस्रनामको जप पाठ गर्ने
वृश्चिक राशि
वृश्चिक राशिका मानिसले शिवजीको पूजा गुलाबको फूल एवम बेल्पत्रको जराले गरिसकेपछि रूद्राष्टकम स्तुतिको पाठ गर्ने
धनु राशि
सहनु राशिले महाशिवरात्रिका दिन प्रात:कालमा भगवान शिवको पूजा पहेंलो रंगको फूलले गरि प्रसाद,को रुपमा खिरको भोग लगाई श्री शिवाष्टक पाठ गर्ने
मकर राशि
मकर राशी हुनेले धतुरो , भाङ्, अष्टगंध आदिले भगवान शिवको पूजा गरेपश्चात १०८ पटक ऊँ पार्वतीनाथाय नम:को मन्त्र जप गर्ने
कुंभ राशि
कुम्भ राशी हुनेले शिवलिंगमा उखुको रस चढाई शिवाष्टक पाठ गर्नाले मनोकामन पुरा हुने बिश्वास गरिन्छ।
मीन राशि
मीन राशी हुनेहरुले पन्चामृत,दहि, दुध एवम पहेंलो रंगको फुल शिवलिङ्गमा अर्पित गरि शिव पंचाक्षरी मंत्र नम: शिवायको जप चंदनको मालाले १०८ पटक गर्नाले इच्छाएको मनोकामना पुरा हुनेछ।
#ऊँ नम: शिवाय#