काठमाडौं उपत्यका बसाेबासका लागि अयोग्य
काठमाडौँ। वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका बसाेबास लागि अयोग्य अवस्थामा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हावाको गुणस्तर सूचकाङ्क अक्वा १ सय ४० सम्ममा मानिस बस्न योग्य हुने भए पनि अहिले रत्नपार्क आसपासमा अक्वा १ सय ६६ रहेको वातावरण विभागले जनाएको छ ।
उपत्यकाभरिकै हावाको गुणस्तर सुचङ्का अक्वा औषतमा १ सय ४० भन्दा धेरै रहेको वातावारण विभागका प्रवक्ता ईन्दुविक्रम जोशीले जानकारी दिए । विश्व स्वास्थ्य संगठनले मानिस बस्न हावाको गुणस्तर सुचाङ्क अक्वा १ सय २५ हुनुपर्ने र १ सय १४ सम्म बस्न सकिने तोकेपनि काठमाण्डौको अक्वा १ सय ६६ पुगेको हो ।
गाडीको धुवाँसँगै आगो बाल्दा निस्कने धुवाँकाे कारण उपत्यकाकाे प्रदूषण बढेकाे प्रवक्ता जोशीले बताए । केही दिनदेखि उपत्यकामा बाक्लो तुवाँलो लागिरहेको छ । बढिरहेको प्रदूषणकै कारण तुवाँलो लागेको श्रेष्ठले बताए। जल तथा मौसम पूर्वानूमान महाशाखाले सतहको हावा तात्नेगरी घाम नलागी वा पानी नपरी तुवाँलो नहट्ने जनाएको छ ।
काठमाडौं