विदेश

चीनमा कोरोना भाइरसको त्रास,  मृतकको सङ्ख्या २ हजार २३६ पुग्यो

चीनमा कोरोना भाइरसको त्रास,  मृतकको सङ्ख्या २ हजार २३६ पुग्यो

एजेन्सी - कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा मृत्यु हुनेको सङ्ख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
शुक्रबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुग्नुको साथै ७५ हजार ५७६ व्यक्ति सङ्क्रमित भएका छन् ।

भाइरसको शुरुआत भएको प्रमुख स्थान हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित भएका छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ ।

चीनको मुख्यभूमि बाहिर हङकङमा दुई र जापान, ताइवान, फ्रान्स र फिलीपिन्समा एक/एक जनाको मृत्यु भएको हो । कोरोनाबाट गम्भीर संक्रमित मध्ये १२ प्रतिशतको मृत्यु भएको छ भने ८८ प्रतिशतले भने स्वास्थ्य लाभ गरेका छन् ।

चीनको वुहानबाट फैलिएको यो भाइरसबाट १६ हजार ७३१ जना गम्भीर संक्रमणमा परेका थिए । सबै देशमा गरेर अहिलेसम्म ७५ हजार २१६ मा कोरोनाको संकेत देखा परेको छ । जसमध्ये करिब १५ हजार निको भइसकेका छन् ।

विशेष