News

सुदूरपश्चिमका पहाडी जिल्लामा छैटौंपटक हिमपात

सुदूरपश्चिमका पहाडी जिल्लामा छैटौंपटक हिमपात

डोटी। बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा शुक्रबार बिहानदेखि हिमपात सुरु भएको छ ।

योसहित यहाँका पहाडी जिल्लामा छैटौंपटक हिमपात भएको हो । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै शुक्रबार बिहानदेखि हिमपात सुरु भएको खप्तडमा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।

गत माघ २० गते परेको हिउँ पग्लिन नपाउँदै फेरि शुक्रबार हिमपात भएपछि जनजीवन प्रभावित बनेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा शुक्रबार बिहानदेखि फेरि हिमपात सुरु भएको बताइएको छ ।

खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भइ चिसो बढेको छ ।

हिमपात

विशेष