हर्षोल्लासका साथमा मनाईयो महाशिवरात्रि
काठमाडौँ। प्रत्येक वर्ष झैं यो वर्ष पनि हर्ष उल्लासका साथ शिवरात्रि मनाइएको छ। शिवरात्रीका अवसरमा पशुपतिमा बिहान ३ बजेदेखि दर्शन गर्नेहरूको बाक्लो उपस्थिति थियो।
प्रत्येक वर्ष झैं यो वर्ष पनि हर्ष उल्लासका साथ शिवरात्री मनाइएको छ। फागुन कृष्ण चतुदर्शीका रातमा मनाइने यो पर्व आराध्यदेव भगवानको पूजा आरधना गरी देशभर मनाइएको छ। विभिन्न तरिकाले शिवजीका विभिन्न स्वरूपमा मनाइएको छ। मध्यरातमा चतुर्थी तिथि परेकै दिन पूजाआरधना दर्शन गरेर मनाइएको छ। शिवरात्रीको अवसरमा विभिन्न शिवालयमा गएर शिवरात्रि मनाएका थिए।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक धनश्याम खतिवडाले बिहान ३ बजे पशुपतिका ४ ढोका खोली भक्तलाई स्वागत गरेको बताए। बिहानैदेखि हिन्दु सनातन धर्मावबलम्बी विभिन्न ताल, तलैया, कुवा, इनारमा गएर पूजा आरधना गर्ने गर्छन्। कालरात्रि, मोहरात्रि, शिवरात्रि र सुखरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्व रहेको जानकारी पुराणग्रन्थमा उल्यख रहेको बताए।
प्रत्यक वर्ष मनाइने यो चाड अहिले भ्रमण वर्ष २०२० को अवसरमा विशेष व्यवस्थासहित मनाएको जानकारी दिए। शिवले दिन दुःखीलाई माया गरेको हुँदा आज यहाँ आउने जोगी साधु सन्तलाई दक्षिणाको व्यवस्थापन गरेको उनले जानकारी दिए। जताततै फूलैफूलले सजाइएका झ्यालढोकाले भक्तलाई थप आकर्षित गरेको सुनाए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
महाशिवरात्रि पशुपति