News

अंग्रेजी, गणित र प्राविधिक बिषय पढाउन स्वयंसेवक

अंग्रेजी, गणित र प्राविधिक बिषय पढाउन स्वयंसेवक

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अंग्रेजी, गणित, विज्ञान र प्राविधिक धारका विषय अध्यापन गराउन स्वयंसेवक शिक्षक खटाउने भएको छ । यी विषयका शिक्षक नभएका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक खटाउन लागिएको हो । 

मन्त्रालयले गठन गरेको कार्यदलको सर्वेक्षणअनुसार मुलुकभरका तीन हजार विद्यालय छन् । यी तीनवटै विषयका शिक्षक रहेकाको संख्या भने ७० वटा मात्रै छ । सरकारले दुई वर्षभित्र प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षा पुर्‍याउने घोषणा गरे पनि प्राविधिक धारको पढाइ सञ्चालित विद्यालयमा रहेको शिक्षक अभाव टार्न मन्त्रालयले शिक्षण स्वयंसेवक परिचालन कार्यविधि–२०७६ स्वीकृत गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा स्नातक र स्नातकोत्तर गरेका विद्यार्थीलाई शिक्षण स्वयंसेवकमा खटाउने घोषणा गरिएको थियो । त्यसका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । कान्तिपुर दैनिकबाट 

शिक्षक स्वयंसेवक

विशेष