मुस्ताङमा हिमपात, हवाई उडान प्रभावित

मुस्ताङ। केही दिनदेखि मौसममा आएको बदलीसँगै हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको लेतेदेखि माथि सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङको सदरमुकाम जोमसोममा मात्रै करिब १ फिटसम्म हिउँ जमेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले टेलिफोनमा जानकारी दिए। शुक्रबार बिहानैदेखि भएकाे हिमपातका कारण मुक्तिनाथ क्षेत्रमा डेढ फिट र उपल्लो मुस्ताङमा २ फिटसम्म हिउँ जमेको छ।
हिमपातसँगै उपल्लो मुस्ताङ जाने कालीगण्डकी खोलाको तिरैतिरको सडक पनि अवरुद्ध बनेको छ । यसैगरी हिमपातका कारण शुक्रबार जोमसोम विमानस्थलमा हवाई उडान प्रभावित भयाे भने जोमसोमको तापक्रम अहिले माइनस ५ डिग्री सेल्सियसमा पुगेको प्रजिअ अर्यालले बताउछ।
हिमपात मुस्ताङ