बाढीमा परि ४ विद्यार्थीको मृत्यु, १० बेपत्ता

इन्डोनेसिया। इन्डोनेसियामा शुक्रबार आएको बाढीमा परि ४ जना बिद्यार्थीको मृत्यु भएको छ।
बाढीका कारण अन्य १० जना बेपत्ता छन। सरकारी अधिकारीहरुका अनुसार नदीको छेउछाउबाट यात्रा गरिरहेका बेला उनीहरुलाई नदीमा आएको बाढीले बगाएको हो ।
झण्डै २५० जनाको समूहमा रहेका विद्यार्थीमध्ये अरु दुई दर्जन घाइते भएका छन् । घाइते भएकालाई स्थानीय योगाकार्तमा रहेको अस्पतालमा उपचारका लागि लगिएको छ ।
मृत्यु भएकाहरु सवै माध्यामिक विद्यालयका विद्यार्थी रहेको जनाइएको छ । सरकारी अधिकारीले हराइरहेकाहरूको खोजी कार्य तीब्ररूपमा भइरहेको जानकारी दिएका छन् ।
धेरै जना हराइरहेकाले मृत्यु हुनेको संख्या अझ धेरै हुनसक्ने अनुमान गरिएको खोजी तथा उद्धार कार्यमा खटिएकाहरुले बताएका छन् ।
बाढी विदेश