कलंकीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँयो, चालकको मृत्यु

काठमाडौंः काठमाडौंको कलङ्की नजिकै खसी बजारमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीले जाँचका लागि रोकेको टिपरमा मोटरसाइकल ठोक्किँदा कीर्तिपुरको मच्छेगाउँका शैलेस बस्नेतको मृत्यु भएको हो ।
शनिबार राति १० बजे बा ४ ख ३६६९ नम्बरको टिपरमा बा ६६ प ४४९० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका बस्नेतको बल्खुको वयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । (फाइल फोटो)
टिपर दुर्घटना कलङ्की