News

कोरोना भाइरस संक्रमणः नेपालमा मास्क किन्दैछन्‌ चिनियाँ

कोरोना भाइरस संक्रमणः नेपालमा मास्क किन्दैछन्‌ चिनियाँ

काठमाडौंः चीनको वुहान सहरबाट फैलिएको नोवल काेरोना भाइरसको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर फिल्टर माक्स’ को माग अत्यधिक बढेको छ । काठमाडौंका मेडिकल तथा सर्जिकल स्टोरमा मास्क किन्ने चिनियाँ नागरिकको भीड बढ्दो छ । सबैभन्दा सुरक्षित ‘एन–९५ मास्क’ को भने अभाव देखिएको छ ।

नेपालमा चीनबाट आयात हुने मास्क अहिले भाइरस संक्रमणबाट बच्न चिनियाँ नागरिकले नै किनेर आफ्नो देश लगिरहेका छन् । यसको फाइदा प्रत्यक्ष बिक्रेताभन्दा बढी एजेन्टहरुले लिइरहेको ठमेलका रेस्टुराँ व्यवसायी बुद्धसिंह गुरुङले बताए ।

‘एजेन्टले हाम्रो बजारमा स्टक नै सकिने गरी मास्क उठाइरहेका छन्’ उनले भने ‘केहीले स्थानीय फार्मेसीका लागि मास्क लुकाएर राखेका छन् ।’ उनले दुई सातायता बजारमा मास्कको माग अचाक्ली बढेको बताए । चिनियाँहरुले ‘एन–९५ मास्क’ खोज्ने गरेका छन् । बिक्रेताहरुका अनुसार ‘एन–९५ मास्क’ खोज्दै आउने चिनियाँहरुले साधारण ‘पेपर मास्क’ मात्र छ भन्दा लाँदैनन् । कतिपय चिनियाँले भने साधारण मास्क पनि किन्ने गरेका छन्, यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो । 

चिनियाँ नागरिक वुहान सहर काेरोना भाइरस मास्क

विशेष