News

रातारात चोरिए पशुपतिमा सजाईएका करोडौंको फूल

रातारात चोरिए पशुपतिमा सजाईएका करोडौंको फूल

काठमाडौँ। महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर सजाउन राखिएका करोडौंको फूलहरु चोरी भएका छन।

शुक्रबार मन्दिरलाई आकर्षक र सुन्दर बनाउन भनि मन्दिर परिसरमा राखिएका फुल, मालाहरु रातारात गायब भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु चिन्तित भएका छन ।

मन्दिरका फुलहरु बाँदरले लुछेको नभई पशुपति जाने मानिसहरुले नै चोरेका हुन्। पशुपतिनाथलाई सजाउन करिब दुई करोड रुपैयाँको फूल लगाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

मन्दिर सजावटका लागि उक्त फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारत लगायतका देशबाट ल्याइएको थियो । मन्दिर परिसरमा मानिसको भीड भएपछि फूल चोर्नबाट बचाउन नसकिएको पदाधिकारीले बताए ।

 

पशुपति फूल चोरी

विशेष