रोजगारीका नाममा ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं– रोजगारीका नाममा ठगी गर्ने व्यक्ति पक्राउ परेकाे छ। मनग्य आम्दानी हुने गरी राेजगारीका लागि टर्की र ग्रीस पठाइदिने भन्दै ३९ लाख ५६ हजार नगद ठगी गर्ने मोरङको रतुवामाई नगरपालिका–७ बुधबारे घर भइ काठमाडौंको चुच्चेपाटी बस्ने ५२ वर्षीय कमल प्रसाद पोखरेल पक्राउ परेकाे हुन्।
३२ जना नेपालीहरुलाई आकर्षक तलब पाउने गरी टर्की र ग्रीस पठाइदिने भन्दै प्रतिव्यक्ति १ लाख देखि १० लाख रुपैयाँसम्म उठाएर ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।
पीडितमध्येका गोपीराम पराजुलीले दिएको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पोखरेललाई पक्राउ गरेको हो । पोखरेललाई काठमाडौंको टेकुबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।