'कालापानी फिर्ता ल्याउन कूटनीतिक प्रयास गर्दैछौँ'
काठमाडाैँ - गृहमन्त्री रामहादुर थापा ‘बादल’ ले 'कालापानी फिर्ता ल्याउन कूटनीतिक प्रयास गरिरहेकाे बताएका छन् ।
गृह मन्त्रालयद्वारा आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्द गृहमन्त्री रामहादुर थापाले भारतद्वारा कब्जा गरिएको कालापानी क्षेत्रको भू–भाग फिर्ता ल्याउन सरकारले कूटनीतिक प्रयास गरिरहेको बताएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै उनले देशको शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको समेत बताए । मन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको र त्यसका लागि शान्ति सुरक्षाको स्थितिमा सुधार आवश्यक रहेकाले सरकार त्यसतर्फ दत्तचित्त भएर लागेको बताए ।