News

बाँस्कोटा प्रकरण : अडियो लिक गर्ने मिश्रविरुद्ध प्रहरी हेड क्वाटरमा उजुरी

बाँस्कोटा प्रकरण : अडियो लिक गर्ने मिश्रविरुद्ध प्रहरी हेड क्वाटरमा उजुरी

काठमाडौं - संसदको सार्वजनिक लेखा समितिले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध आइतबार प्रहरी प्रधान कार्यालयमा साइबर क्राइमको उजुरी दर्ता गरेको छ । समितिका सचिव डा. रोजनाथ पाण्डेले आइतबार उजुरी दर्ता गरिएको पुष्टि गरे । 

समितिको बैठकले ३ दिन अघि नै प्रहरीको साइबर क्राइम ब्यूरोको नाममा छानविन गरेर कारवाहीका लागि पत्राचार गरेको थियो । तर प्रहरीको त्यस किसिमको छुट्टै ब्यूरो नभएका कारण प्रहरी मुख्यालयमा आइतबार अर्को उजुरी दर्ता गरिएको हो । प्रहरी मुख्यालयमा रहेको साइबर अपराध हेर्ने शाखामा उजुरी दर्ता गरेको पाण्डेले बताए । 

समितिका सदस्य सांसदहरुले मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर चरित्रहत्या गरेको भन्दै उजुरी दर्ता गराएका हुन् ।  मिश्रले बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत आरोप लगाएका थिए । 

विशेष