News

यता अडियो भाइरल भइरहँदा उता कोहलपुरमा मिडियालाई यसरी होच्याउँदै थिए गोकुल

यता अडियो भाइरल भइरहँदा उता कोहलपुरमा मिडियालाई यसरी होच्याउँदै थिए गोकुल

काठमाडौंः यही फाुगन ८ गते गोरखापत्रको कोहलपुर संस्करण सुरुआत गर्ने क्रममा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सधैंझैं मिडियालाई होच्याए। मिडियालाई एक आँखा चिम्लिएको सिकारीका रूपमा अथ्याउँदै उनले त्यसमा हुने आलोचनाले सरकारलाई फरक नपर्ने बताए।

‘एक आँखा चिम्लिने त सिकारी हुन्छ। प्रेसले दुइटै आँखा खुला गर्नुपर्छ,’ उनको अर्ती थियो, ‘अहिलेको प्रवृत्ति सिकारीले जस्तो सरकारलाई ठोक्ने भएको छ तर जति ठोके पनि केही फरकै पर्दैन।’ तर यसपटक साँच्चै फरक पर्‍यो। समाजलाई सधैं सदाचारको पाठ सुनाउँदै आलोचकलाई हतोत्साही गर्न खप्पिस बाँस्कोटाको पद खुस्काउने खबर मिडियामार्फत सार्वजनिक भएको थियो।

आज आइतबारको नेपाल साप्ताहिकमा रविराज बरालले लेखका छन्– रातारात मिडियाहरूमा आफूले कमिसनका लागि गर्दै गरेको ‘सेटिङ’को अडियो सार्वजनिक भएपछि उनी कोहलपुरबाट काठमाडौं आइपुगे र राजीनामा दिए।

पत्रकार सम्मेलन गरेर प्रश्नहरू सामना गर्ने आँट पनि गरेनन्। बरु नैतिकताका आधारमा राजीनामा दिएको सगर्व घोषणा ट्विटमा गरे। 

कोहलपुर गोकुल बास्कोटा अडियो भाइरल

विशेष