News

त्रिशूली नदीमा ट्रक खस्यो, चालकको मृत्यु

त्रिशूली नदीमा ट्रक खस्यो, चालकको मृत्यु

धादिङः त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु भएको छ । यस्तै सहचालक घाइते भएका छन् । नदीमा ट्रक खस्दा चालक बिखे थोकरको मृत्य भएको हो । 

धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ को ज्यामिरेघाटबाट आइतबार बिहानीपख ना ५ ख ३७७७ नम्बरको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा घाइते भएका मकवानपुर भिमफेदी–२ भैसेँका चालक थोकरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते सहचालक सप्तरी रुपनगरका राजेश विक भने उपचारपछि घर फर्किएका प्रहरी नायब उपरीक्षक (डीएसपी)  रुपक खड्काले जानकारी दिए । 

त्रिशूली नदी ट्रक

विशेष