विदेश

टाउको लिएर पुलिसकहाँ पुगेका श्रीमान‍्ले भने, ‘श्रीमतीलाई मारिदिएँ, मलाई पक्राउ गर्नुस्’

टाउको लिएर पुलिसकहाँ पुगेका श्रीमान‍्ले भने, ‘श्रीमतीलाई मारिदिएँ, मलाई पक्राउ गर्नुस्’

काठमाडौंः भारतको उत्तर प्रदेशको बाराबंकी जिल्लाका एक व्यक्ति आफ्नी श्रीमतीको काटिएको टाउको लिएर पूरा शहर घुमेपछि पुलिस थाना पुगेका छन् । भारतीय संचार माध्यमका अनुसार ति आरोपीको नाम अखिलेश रावत हो । श्रीमतीको टाउको हातमा लिएर पुलिस थाना पुगेका व्यक्तिलाई देखेर सुरुमा पुलिससमेत आत्तिएको संचार माध्यमले जनाएका छन् । स्रोतका अनुसार ती व्यक्तिले पुलिसलाई भने, ‘मैले श्रीमतीको हत्या गरिदिए साहब । मलाई पक्राउ गर्नुहोस् ।’

पुलिसको उनको हातबाट टाउको लिन खोज्दा उनले भारतीय राष्ट्रगान र ‘भारत माता की जय’ को नारा लगाएको पुलिस अधिकारीले जानकारी दिए । मृतकका पिता गोबिन्दले दुई दिनअघि मात्रै ज्वाईंले आफ्नी छोरीलाई लगेको र उनको हत्या गरेको जानकारी दिए । उनले भने, ‘छोरीको तीन वर्षअघि विवाह भएको थियो । ६ महिना अघि उनीहरुको छोरी जन्मिएको थियो जसको उनीहरुले  घाँटी थिचेर हत्या गरेका थिए ।’

गोबिन्दले भने, ‘ज्वाईंले सुनको सिक्री पाएका थिएनन् त्यसकारण उनी रिसाएका थिए । उनी पटक–पटक सुनको सिक्री माग गरिरहेका थिए । तर जब उनले सुनको सिक्री पाएनन् तब छोरीको घाँटी नै काटिदिए ।’ उनका ज्वाईं कुनै तान्त्रिकको चक्करमा भएको पनि गोविन्दले आरोप लगाएका छन् । छोरीलाई थुप्रै पटक तान्त्रिक भएठाउँ पुर्‍याइएको पनि उनले जानकारी दिए । उनले भने, ‘यो घटनामा सबैको मिलेमतो छ । यहाँ सम्म कि छिमेकी पनि यो घटनामा संलग्न छन् । त्यसैले त आज सबैजना ताल्चा ठोकेर फारार भएका छन् ।’ –एजेन्सी

उत्तर प्रदेश हत्या

विशेष