News

प्रधानमन्त्री ओली जन्मिएको घर, जन्मदिन मनाउन तेह्रथुम जाँदै आज

प्रधानमन्त्री ओली जन्मिएको घर, जन्मदिन मनाउन तेह्रथुम जाँदै आज

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मदिन आफ्नो जन्मघर इवाको सल्लेमा मनाउन लागेका छन् ।

फागुन ११ गते परेको आफ्नो जन्मदिन मनाउन ओली इवाको सल्ले जान लागेका हुन् । प्रधानमन्त्री ओली ६९ वर्ष अघि तेह्रथुमको आठराई गाउँपालिका–४ सल्लेमा जन्मिएका हुन् । प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रधानमन्त्री ओली आफ्नो गाउँ आउन लागेका हुन् । 

ओली जन्मिएको पहाडी घर बिक्री भइसकेको थियो । तर आफ्नो थातथलो संरक्षण गर्न प्रधानमन्त्री ओलीले केही वर्ष अघि किनेका थिए । २०२४ सालमा ओलीका पिता मोहनप्रसाद साढे ११ हजार रुपैयाँमा सो घर बिक्री गरेर झापा झरेका थिए । तर प्रधानमन्त्री ओलीले सोही घर र घर रहेको ३० रोपनी जग्गा समेत साढे १० लाख रुपैयाँमा किनेका हुन् बुबा मोहनप्रसादले पहाडको घर किन्ने आग्रह गरेपछि प्रधानमन्त्रीले बुवाको इच्छा पुरा गरेका हुन् । प्रधानमन्त्री ओलीको हालको स्थायी ठेगाना भने भक्तपुरको बालकोट हो।

१२ वर्ष अघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली दोस्रो पटक पनि मृगौला प्रत्यारोपणको तयारीमा छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन जन्मघरमै गएर मनाउने चाहना राखेपछि त्यसको तयारी गरिएको छ । घर नजिकै हेलिप्याड निर्माण गरिएको छ भने बाटो पनि बनाईएको छ ।

आजै प्रधानमन्त्रीले पाँचथर र तेह्रथुममा खानेपानी तथा सडक आयोजनाको शिलान्यास समेत गर्ने छन् । पाँचथरमा खानेपानी आयोजना र तेह्रथुममा सडक उद्घाटन सहित प्रधानमन्त्रीले आफ्नो जन्मदिन मनाउनुको साथै ओलीले आफ्नो जन्मस्थल सल्लेबाट ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडकको शिलान्यास गर्ने कार्यक्रम छ ।

तेह्रथुम केपी शर्मा ओली

विशेष