नेकपा अध्यक्ष प्रचण्डले बोके मिथिला मध्यपरिक्रमाको डोला

धनुषाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मैथली बाहुल्य क्षेत्र धनुषामा हिन्दीमा भाषण गर्दै मिथिला क्षेत्रको डोलालाई काँधमा उठाएका छन् ।
मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भजन, किर्तनसहित डोला निकालिँदा प्रचण्डले केही दुरीसम्म डोलालाई बोकेका हुन् । त्यसअघि आयोजित औपचारिक कार्यक्रमलाई अध्यक्ष प्रचण्डले हिन्दी भाषामा सम्बोधन गरे ।
प्रचण्डले मिथिला मध्यपरिक्रमामा निकालिने डोला संस्कृतिको प्रशंसा गरे । उनले नेपालीसहित भारतीय हिन्दु धर्माम्बलीले निकाल्ने मध्यपरिक्रमाको ठूलो महत्व रहेको बताए ।
आफू प्रधानमन्त्री हुँदा मिथिला मध्यपरिक्रमालाई केही सहयोग गर्ने अवसर मिलेको बताउँदै उनले अब मिथिला बिहारी परिषद् गठनको पहल गर्ने प्रतिबद्धता जनाए । उनले मिथिला बिहारी मन्दिरमा धर्मशाला निर्माणमा सहयोग गर्ने वचनसमेत दिए ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा डोला मिथिला मध्यपरिक्रमा