News

बालुवाटारमा प्रधानमन्त्री ओलीले मनाए जन्मदिन

बालुवाटारमा प्रधानमन्त्री ओलीले मनाए जन्मदिन

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासममा जन्मदिन मनाएका छन् । उनको जन्मथलो तेह्रथुमको आठराई जानुअघि प्रधानमन्त्री ओलीलाई शुभेच्छुकहरुले बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् । 

उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्री पोखरेलसँगै, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङ वालुवाटार पुगेका थिए । 

केपी शर्मा ओली जन्मदिन बालुवाटार

विशेष