News राजनीति

छाया मन्त्रिपरिषदको पहिलो बैठकले ओली सरकारविरुद्ध दियाे यस्तो निर्देशन

छाया मन्त्रिपरिषदको पहिलो बैठकले ओली सरकारविरुद्ध दियाे यस्तो निर्देशन

काठमाडौं – नेपाली कांग्रेसको छाया मन्त्रिपरिषदको पहिलो बैठकले केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकारको लेखाजोखा गर्न निर्देशन दिएको छ। त्यस्तै बैठकले कुन–कुन मन्त्रालयमा के–कस्ता खालका भ्रष्टाचार भइरहेका छन् भन्नेबारे अध्ययन गरेर सम्बन्धित छायाँ मन्त्रीहरुलाई रिपोर्टिङ गर्न निर्देशन समेत दिएको छ ।

नेपाली कांग्रेसले सरकारमाथि निगरानी गर्न भन्दै गत जेठ महिनामा छाया मन्त्रिपरिषद गठन गरेको थियो । तर, बैठक बसेको थिएन । लामो समयदेखि बैठक नबस्दा छाया मन्त्रिपरिषद आफैं छायामा परेको थियो ।

बैठकपछि राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले भने, ‘निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भयानक छ । यसबारे सम्बन्धित छाया मन्त्रीहरुले गहन अध्ययन गरेर रिपोर्टिङ गर्ने निर्णय भएको छ ।’

नेपाली कांग्रेसले सरकारमाथि निगरानी गर्न भन्दै गत जेठ महिनामा छाया मन्त्रिपरिषद गठन गरेको थियो । तर, बैठक बसेको थिएन । लामो समयदेखि बैठक नबस्दा छाया मन्त्रिपरिषद आफैं छायामा परेको थियो ।

विशेष