News

तनहुँमा बस दुर्घटना, ४३ जना घाइते

तनहुँमा बस दुर्घटना, ४३ जना घाइते

तनहुँः पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा दुई वटा यात्रु बस आइतबार विहान ९ः३० बजे दुर्घटना हुँदा ४३ जना यात्रु घाइते भएका छन् । मुग्लिनबाट दमौलीजाँदै गरेको ना ५ ख २८५६ र विपरित दिशाबाट जाँदै गरेको ना ७ ख २०६ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विनोद सिलवालका अनुसार घाइतेको दमौली स्थित नेशनल एपोलो हस्पिटल १६ जना दमौली अस्पताल ३ जना र रत्नहरी अस्पतालमा २४ जनाको उपचार भईरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मध्ये पाँच जनालाई दमौलीमा प्राथमिक उपचार गरी थप उपचारको चार जनाको चितवन स्थित भरतपुर अस्पताल र एक जनाको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेका छ ।

थप उपचारको लागि भरतपुर उपमहानगरपालिका–३ का रघुनाथ सापकोटा, सोही उपमहानगरपालिका वडा नम्बर ५ का ६८ वर्षिय रविलाल रेग्मी, सिताराम सापकोटा, वडा नम्बर १८ का ४६ वर्षिय ढकमणी महतोलाई चितवन मेडिकल कलेज र कर्णबहादुर थापा मगरलाई मणीपाल शिक्षण अस्पतालमा उपचार भईरहेको एसपी सिलवालले जानकारी दिए । 

तनहुँ बस दुर्घटना पृथ्वीराजमार्ग

विशेष