कोरोनाभाइरसका कारण दक्षिण कोरियामा भ्रमण प्रतिबन्ध!
एजेन्सी - कोरोनाभाइरसको संक्रमण तिव्र रुपमा फैलिएसँगै १५ देशले दक्षिण कोरियामा तत्कालका लागि भ्रमण प्रतिबन्ध लगाएको छ ।
हालै १४ दिनसम्म दक्षिण कोरिया भ्रमण गरेका विदेशी पर्यटकलाई ६ राष्ट्रले भिसा नदिने बताएका छन् भने अन्य ९ देशले भ्रमणमा कडाइ गरेको सीएनएनले उल्लेख गरेको छ ।
इजरायल, बहरायन र जोर्डनले कोरिया भ्रमण गर्ने नागरिकमा पूर्ण प्रतिबन्ध लागेको जनाइएको छ ।
यस्तै ब्रुनाई, बेलायत, तुर्कमिनिस्तान, काजकिस्तान, मकाउ, ओमान, इथियोपिया, युगान्डा र कतारले दक्षिण कोरिया भ्रमण गरेका पर्यटकलाई भिसा दिनमा कडाइ गरेको छ ।
दक्षिण कोरियामा हालसम्म ७ सय ६३ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यहाँ मृतकको संख्या ७ पुगेको छ ।कोरियामा दोब्बरले संक्रमितको संख्या बढ्दै गएपछि त्रास फैलिएको छ ।