News

कोरियामा कामदार पठाउन तत्कालका लागि रोकियो

कोरियामा कामदार पठाउन तत्कालका लागि रोकियो

काठमाडौँ। वैदेशिक रोजगार विभागले दक्षिण कोरियामा नयाँ नेपाली कामदार पठाउन तत्कालका लागि रोकेको छ । दक्षिण कोरियाका दुई सहरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अस्वाभाविक रूपमा बढेपछि विभागले नयाँ कामदार पठाउन तत्काल रोक लगाएको हो ।

‘कोरिया सरकारकै समन्वयमा नयाँ कामदारको उडान राखिएको छैन। अहिले हामी पर्ख र हेरको अवस्थामा छौं,’ विभागको कोरिया शाखा प्रमुख कृष्ण खनालले कान्तिपुरलाई भने। उनले फागुन १८ का लागि तय गरिएको उडान तालिका प्रभावित हुन सक्ने बताए।

‘फागुन १८ गते ४० जना कामदारको प्रस्तावित उडान छ। यसलाई कोरियाको मानव संसाधन विभागले स्वीकृत गरिसकेको छैन,’ उनले भने, ‘अब कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको अवस्था कस्तो हुन्छ। त्यसमा भर पर्छ।’ कान्तिपुर दैनिकबाट 

दक्षिण कोरिया कामदार

विशेष