अध्यक्ष प्रचण्डद्वारा ग्याल्बो ल्होसारको शुभकामना

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले ग्याल्बो ल्होसारको शुभकामना दिएका छन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, ‘ग्याल्बो ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको छ । अनेक जातीय समुदायसँगको सामिप्यता र सम्मानजनक सामाजिक सद्भाव नेपाली समाजको विशेषता हो । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको मौलिक पहिचान हो ।’
अध्यक्ष प्रचण्डले ग्याल्बो ल्होसारले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई आर्थिक समृद्धिमा लैजान मद्दत पुग्ने बताएका छन् ।