News

विकास निर्माणमा मुलुकले गति पायो: प्रधानमन्त्री

विकास निर्माणमा मुलुकले गति पायो: प्रधानमन्त्री

तेह्रथुम। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकास निर्माणको कामले तिव्रता पाएको दाबी गरेका छन्। विभिन्न आयोजनाको काम सम्पन्न भएको, अन्य योजना निर्माणले तिव्रता पाइरहेको तथा केही आयोजना निर्माणको तयारीमा रहेकाले अब विकासले फड्को मार्ने उनको भनाइ थियो।

पाँचथरको यासोक र तेह्थुमको आठराई गाँउपालिकाको इँवामा भएको कार्यक्रमलाई आइतबर सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। विपक्षी तथा आलोचकलाई तिखो व्यंग्य गर्ने प्रधानमन्त्रीले दुईवटै कार्यक्रममा सकारात्मक सन्देश प्रदान गर्न खोजेका थिए। ओलीले ६९ औँ जन्मदिनका दिन आयोजना भएका कार्यक्रमलाई सम्बोधन गर्दै देशले विकासमा फड्को मारिरहेको सुनाए। 

यो समाचार आजको नागरिक दैनिकमा गिरिराज बाँस्कोटाले लेखेका छन। 

प्रधानमन्त्री

विशेष