News

सोमबार यसरी गर्नुहोस भगवान शिवको आराधना, मिल्नेछ लाभ

सोमबार यसरी गर्नुहोस भगवान शिवको आराधना, मिल्नेछ लाभ

पुरातन कालदेखि सोमवारको सम्बन्ध भगवान शिवसंग जोडिएको छ । भोलेनाथलाई स्वच्छ मनले यदि आराधना गरेको खण्डमा उनि भक्तप्रति छिट्टै नै प्रसन्न हुने साथमा भक्तहरुको मनोकामना पनि पुरा हुने मान्यता रहेको छ।

सोमवारको दिन भगवान शिवको पुजा आराधना तथा उपवास बस्नाले रोग ब्याधी नलाग्ने, आर्थिक समस्या आइनपर्ने साथै कुमारी महिलाहरुले शिवजस्तै पति पाउने विभिन्न धार्मिक मान्यता रहेको छ।  

भगवान शिवलाई कसरी आराधना गर्ने 

-बिहानै स्नान गरि नजिकैको  मठ मन्दिरमा जाने यदि सम्भव नभए घरमै बसेर विधि विधानका साथमा पुजा गर्ने 

-सबैभन्दा पहिले भगवान शिवका साथमा माता पार्वती र नन्दीलाई गंगाजल र दुधले स्नान गराउने।  

-यसपश्चात भोजपत्र , चन्दन, अक्षता, भांग अर्पण गर्ने 

-पुजा सकिसकेपछि भगवानको आरती गर्ने 

के गर्ने?

–नजिकैको मन्दिरमा गई शिवजीलाई मिश्री र दूध चढाउने 

–यदि मन्दिर जान सम्भव नभएमा घरमै यी चिज अर्पण गर्न पनि सकिन्छ

बेलपत्र,  बेलपत्र भगवान शिवको सबैभन्दा प्रिय हो । त्यसैले हरेक मनोकामना पुरा गर्नका लागि सोमवार भगवान शिवलाई ११ बेलपत्र अर्पण गरि गंगाजलले स्नान गराउने।  साथमा ॐ नम शिवाय मंत्र जप गरि मौसम अनुसारको फल पनि चढाउन सकिन्छ।   

सोमबार भगवान शिव

विशेष