नयाँ बसपार्क क्षेत्रबाट अनैतिक कार्यमा संलग्न ७३ पक्राउ

काठमाडौंः नयाँ बसपार्क क्षेत्रबाट अवैध र अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको स्विप अपरेसनका क्रममा ७३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी छन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार, लागू औषध दुर्व्यसनी, वेश्यावृत्ति र मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालनमा संलग्न रहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।
नयाँ बसपार्क अनैतिक क्रियाकलाप