यस्ता छन अगरबत्ती बाल्नुका फाइदा, जानिराखौं
पूजा आरतीको समयमा धुपबत्तिको अलावा अगरबत्ती बाल्ने प्रचलन पछिल्लो समय बढ्दै गएको छ । अगरबत्तीबाट आउने सुगन्धले भगवान प्रसन्न हुने र मनोकामना पूरा हुने बिश्वास समेत गरिन्छ। तर वास्तवमा अगरबत्ती बाल्दा के फाइदा हुन्छ त ? आउनुहोस जानिराखौं
अगरबत्ती बाल्नुका फाइदाहरु
मुख्यतया अगरबत्ती २ प्रयोजनका लागि बाल्ने गरिन्छ एक त भगवानका सामु अगरबत्ती बाली उनलाई प्रसन्न पार्नु अनि अर्को घरमा सुगन्ध फैलाउन , जसले मानसिक शान्ति महशुस होस्।
भनिन्छ, अगरबत्ती बाल्नाले घरको नकारात्मक उर्जा दुर हुन्छ। यसबाट आउने बिशेष प्रकारको सुगन्धले मानसिक शान्ति र मष्तिस्कसम्बन्धी समस्याबाट छुटकारा दिलाउछ। यसलाई मुटु दुखाईका लागि पनि उपयुक्त मानिन्छ।
मान्यता अनुसार अगरबत्ती बाल्नाले गृहकलह र पितृदोषबाट पनि मुक्ति पाइन्छ, जसले घरको सुख समृद्धिमा वृद्धि हुन्छ।
यदि तपाई कुनै प्रकारको तनाव या चिन्तामा हुनुहुन्छ भने घरमा बिशेष प्रकारको सुगन्धयुक्त अगरबत्ती जलाउनुहोस, यसले रातमा मिठो निन्द्रामा पनि सहयोग पुर्याउछ।
भनिन्छ, अगरबत्ती बाल्नाले पारलौकिक या दिव्य शक्ति आकर्षित हुन्छ