News

बालकुमारीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

बालकुमारीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

काठमाडौंः ललितपुरको बालकुमारीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । आज बिहान भएको दुर्घटनामा काठमाडौं लाजिम्पाटका दिवसकिशोर भट्टराई र ललिता राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ४ बजेतिर बालकुमारीमा सडकको रेलिङमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा उनीहरुको ज्यान गएको हो ।

बा ३८ प ८३५७ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरु दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारको क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको हो । (फाइल तस्बिर) 

मोटरसाइकल दुर्घटना बालकुमारी

विशेष