News

कुन रुद्राक्ष धारण गर्दा कस्तो फाइदा मिल्छ ? जान्नुहोस्

कुन रुद्राक्ष धारण गर्दा कस्तो फाइदा मिल्छ ? जान्नुहोस्

पौराणिक र प्रचलित मान्यता अनुसार शिवको नेत्रबाट रुद्राक्षको उत्पत्ति भएको विभिन्न शास्त्रमा उल्लेख भएको पाइन्छ। रुद्राक्षको धारणले हामीमा भएको कुनैपनि समस्याको समाधान गर्ने क्षमता वृद्धि हुने गरेको धार्मीक आस्था रहेको छ। रुद्राक्षले सफलता, धन-सम्पति, मान-सम्मान प्राप्तीका लागि ठुलो भुमीका खेलेको हुन्छ। तर हरेक मानिसको चाहना अनुसार रुद्राक्षको अलग-अलग धारण गर्ने गरिन्छ। यो भगवान शंकरको सबै भन्दा प्रिय बस्तु मानिन्छ।

जान्नुहोस रुद्राक्ष धारण गर्नुका फाइदा 

एकमुखी रुद्राक्ष

एकमुखी रुद्राक्ष भगवान शिवको स्वरुप हो। जहाँ एकमुखी रुद्राक्षको पूजा हुन्छ त्यहाँ माता लक्ष्मीको कृपा रहन्छ। यानकी जसले एकमुखी रुद्राक्षको धारण गर्छ उसमा कहिल्यै धनको कमि हुँदैन। धारण गर्ने मन्त्र - ॐ ह्रीं नम:

दुईमुखे रुद्राक्ष 

दुईमुखी रुद्राक्ष धारण गर्नाले मनोकामना पुरा हुने बिश्वास गरिन्छ। धारण गर्ने मन्त्र- ॐ नाम:

तीनमुखी रुद्राक्ष 

तीनमुखी रुद्राक्षले जीवनमा सफलता दिलाउन मदत गर्छ। विद्या प्राप्तिका लागि पनि यो रुद्राक्ष निकै नै बिशेष छ। धारण गर्ने मन्त्र -ॐ क्लीं नम:

चारमुखी रुद्राक्ष 

चारमुखी रुद्राक्ष ब्रह्माको स्वरुप हो यसको दर्शन तथा स्पर्श गर्नाले नै धर्म,अर्थ, कार र मोक्ष प्राप्त हुन्छ। धारण गर्ने मन्त्र: ऊं ह्रीं नम:

पंचमुखी रुद्राक्ष 

पंचमुखी रुद्राक्ष कालाग्नी रुद्रको स्वरुप हो। यसको धारण गर्नाले अद्भुत मानसिक शक्तिको विकास हुन्छ। धारण गर्ने मन्त्र - ऊं ह्रीं नम:

छमुखी रुद्राक्ष 

छमुखी रुद्राक्ष भगवान कार्तिकेयको स्वरुप हो। यसलाई धरान गर्नाले मानिसका सम्पूर्ण पाप नाश हुने बिश्वास गरिन्छ। धारण गर्ने मन्त्र- ऊं ह्रीं हुं नम:

सातमुखी रुद्राक्ष 

सात मुख भएको रुद्राक्ष अनंगको नामले पनि प्रसिद्ध छ। यसलाई धारण गर्नाले रंक पनि राजा हुने बिश्वास क्ष्गरिञ्छ। धारण गर्ने मन्त्र - ऊं हुं नम:

अष्टमुखी रुद्राक्ष

आठ मुख भएको रुद्राक्ष अष्टमूर्ति भैरवस्वरूप हो। जसले यो रुद्राक्षको धारण गर्छ उसको आयु लामो हुन्छ। धारण गर्ने मन्त्र - ऊं हुं नम:

नौमुखी रुद्राक्ष 

नौ मुख भएको रुद्राक्षलाई  भैरव र कपिलमुनिको प्रतिक मानिन्छ। यसलाई धारण गर्नाले रिस निय्न्तर हुने र अलौकिक ज्ञान प्राप्त हुन्छ। धारण गर्ने मन्त्र -ऊं ह्रीं हुं नम:

दसमुखी रुद्राक्ष

दसमुखी रुद्राक्ष भगवान बिष्णुको रुप हो।  यसलाई धारण गर्नाले मानिसको सम्पूर्ण मनोकामना पुरा हुन्छ। धारण गर्ने मन्त्र - ऊं ह्रीं नम:

एघरमुखी रुद्राक्ष 

एघार मुख भएको रुद्राक्ष भगवान रुद्राको स्वरुप हो। जसले यस प्रकारको रुद्राक्ष लगाऊछ उसले हरेक क्षेत्रमा सफलता प्राप्त गर्छ। धारण गर्ने मन्त्र- ऊं ह्रीं हुं नम:

बाह्रमुखी रुद्राक्ष 

बाह्रमुखी रुद्राक्ष धारण गर्नाले इज्जत, पैसा या अन्य कुनै पनि चीजको कमि हुँदैन। धारण गर्ने मन्त्र -ऊं क्रौं क्षौं रौं नम:

तेह्रमुखी रुद्राक्ष 

तेह्रमुख भएको रुद्राक्ष विश्वदेवको स्वरुप हो। यसलाई धारण गर्नाले मनुष्यको सौभाग्य र मंगल प्राप्त गर्छ। धारण गर्ने मन्त्र- ऊं ह्रीं नम:

चौधमुखी रुद्राक्ष 

चौध मुख भएको रुद्राक्ष परम शिवको रुप हो। यसलाई धारण गर्नाले सम्पूर्ण पाप नाश हुन्छ। धारण गर्ने मन्त्र- ऊं नम:


 

#रुद्राक्ष#

विशेष