News

केन्द्रीय समितिको दोस्रो बैठक आज सकिँदै, अध्यक्ष र महासचिवले जवाफ दिने

केन्द्रीय समितिको दोस्रो बैठक आज सकिँदै, अध्यक्ष र महासचिवले जवाफ दिने

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक आज सम्पन्न हुँदैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’का अनुसार बुधबारबाट सुरु भएको आइतबारको बैठकमा अध्यक्ष तथा महासचिवले जवाफ दिएपछि सकिने छ । 

केन्द्रीय समिति बैठक अघि आजै सचिवालय बैठक बस्दैछ । सचिवालय बैठकमा केन्द्रीय समिति बैठकमा सदस्यहरुले राखेका प्रश्नको जवाफका बारेमा छलफल हुने नेताहरुले बताएका छन् । सचिवालय बैठक आइतबार ११ बजे बालुवाटारमा बस्न लागेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

नेकपा घोषणा भएको २१ महिनापछि एजेण्डासहित बसेको नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पमकल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनहरुमा समूहगत रुपमा छलफल भएको थियो । १५ समूहमा भएको छलफलमा धेरैजसो नेताहरुले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् । 

नेकपा बैठक

विशेष