News

निजी, सार्वजनिक र मालवाहक गाडीका लागि छुट्टाछुट्टै लेन

निजी, सार्वजनिक र मालवाहक गाडीका लागि छुट्टाछुट्टै लेन

काठमाडौंः सूर्यविनायक–जडिबुटी सडकखण्डमा निजी, सार्वजनिक र मालवाहक गाडी छुट्टाछुट्टै लेनमा चलाईने नियम लागू हुने भएको छ ।   

ट्राफिक प्रहरी महाशाखाका अनुसार गाडीको आवागमनलाई सहज बनाउन र गाडी दुर्घटना कम गर्न बुधबारदेखि छुट्टाछुट्टै लेनमा गाडी चलाइने नियम लागू हुने भएको हो ।  

सूर्यविनायक–जडिबुटी सडकखण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने गाडी बायाँ लेनमा, र निजी गाडी दाहिने लेनमा मात्र चलाउन पाइने व्यवस्था गरिएको लेन कार्यान्वयनका लागि महाशाखाले गठन गरेको अनुगमन समितिका संयोजक सिताराम हाछेथुले जानकारी दिए । 

छुट्टाछुट्टै लेनबाट गाडी चलाउँदा अहिले भईरहेको जाम घट्नुको साथै दुर्घटना समेत कम हुने संयोजक हाछेथुले बताए । उनले अहिले भैरहेका धेरैजसो दुर्घटनामा टिप्पर तथा ठूला गाडीले मोटरसाइकललाई ठक्कर दिएको पाइएकोले अब छुट्टै लेन प्रयोग गरेपछि मोटरसाइकल तथा साना गाडीलाई ठूला गाडीले ठक्कर दिने क्रम कम हुने बताए ।  

सूर्यविनायक–जडिबुटी सडकखण्ड छुट्टाछुट्टै लेन

विशेष