बाँदर व्यवस्थापन गर्न ४० लाख
काठमाडौँ। बागमती प्रदेशको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले बाँदरको व्यवस्थापन गर्न ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।
सिन्धुपाल्चोक र काठमाडौंका ४ गाउँका बासिन्दालाई बाँदर नियन्त्रण गर्न निर्देशनालयले उल्लेखित रकम उपलब्ध गराउन लागेको हो ।
लामो समयदेखि बाँदरबाट समस्या भोग्दै आएका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ स्थित धुसेनीका बासिन्दालाई बाँदरको व्यवस्थापन गर्न निर्देशनालयले अनुदान रकम उपलब्ध गराउन लागेको निर्देशनालयका अधिकृत तथा सूचना अधिकाी बब्लु ठाकुरले बताए ।
बाँदर व्यवस्थापन ४० लाख