News

ओलीका तीन घरः खरको झुपडीदेखि भव्य महलसम्म

ओलीका तीन घरः खरको झुपडीदेखि भव्य महलसम्म

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६९ औं जन्मदिन जन्मघर तेह्रथुमको आठराईमा मनाए । रित्तो जन्मघरबाहेक पनि ओलीका झापा र भक्तपुरको बालकोटमा घर छन् ।

झापाको दमकस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घर 

यतिबेला प्रधानमन्त्री निवास बालुवाटार बसिरहेका उनले ५६ वर्षको झापा बसाइँमा जन्मदिन यसरी भव्य रूपमा कहिल्यै मनाएका थिएनन् ।

१२ वर्षको उमेरमा तेह्रथुमबाट झापा झरेका ओली अहिले भक्तपुर बालकोट निवासी बनिसकेका छन् । झापामा उनको पैतृक सम्पत्ति मात्र छ । तर, सर्वसाधारणले ओलीको घर भनेर दुइटा घरलाई चिन्ने गर्छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

तेह्रथुमको आठराईमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घर 

तर, प्रधानमन्त्री ओलीकै नाममा झापामा घर छैन। उनको नामले चिनिने घरहरू आइतबार सुनसान रहे । बुबा मोहनप्रसाद पनि आठराई नै गएपछि हिमालीचोकको घर सुनसान थियो। मेयर ओली पनि सपरिवार आठराईमै जन्मदिनको कार्यक्रममा सरिक भएपछि दमकस्थित निवास सुनसान रह्यो।

 

केपी शर्मा ओली तेह्रथुम घर महल

विशेष