News

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल, के विषयमा भयो कुराकानी?

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल, के विषयमा भयो कुराकानी?

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । जन्मदिन मनाउन जन्मघर तेह्रथुम पुगेर फर्किएको भोलिपल्ट ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको हो । 

बालुवाटार स्रोतका अनुसार अध्यक्षद्धयबीच संविधान संशोधनबारे छलफल भएको छ । नेकपाले संविधान संशोधनबारे गृहकार्य गर्न नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएपछि यसबारे चर्चा परिचर्चा भइरहेको छ ।

सेक्युरिटी प्रेस खरिदबारे निवर्तमान सञ्चार मन्त्रीले कमिसन डिल गरेको अडियो सार्वजनिकपछि नेकपा आलोचित बनिरहेको छ । नेकपाका दुई अध्यक्षबीच सोमबार बिहान भएको छलफलमा यीलगायतका अन्य विविध समसामयिक विषयमा पनि छलफल भएको बताइएको छ ।

नेकपा केपी शर्मा ओली प्रचण्ड ओली–प्रचण्ड बालुवाटार

विशेष