News

कीर्तिमान बनाउन बिनाअक्सिजन सगरमाथा आरोहण गर्दै टासी लाक्पा

कीर्तिमान बनाउन बिनाअक्सिजन सगरमाथा आरोहण गर्दै टासी लाक्पा

काठमाडौँ। विश्वकै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको झन्डै ६७ बर्ष पुरा भएको छ।हिउँदयाममा अहिलेसम्म जम्मा २ जना आरोहीको मात्र सगरमाथा आरोहण सफल भएको छ।

हिउँदको याममा चुनौतीलाई सामना गरेर आज एकजना पर्वतारोही सगरमाथा आरोहण गर्दैछन, त्यहि पनि बिना अक्सिजन। अत्याधिक चिसो हुने, हिउँ परिरहने र बाटो बनाउन र पहिल्याउन अत्याधिक चुनौती हुने हिउँदयाममा सगरमाथा लगायतका हिमचुचुरा आरोहण गर्नुलाई पर्वतारोहण क्षेत्रमा असामान्य घटना नै मानिन्छ।

यद्धपि चुनौतीलाई सामना गर्दै असमान्य सिजनमा बिना अक्सिजन ५ दिनमै सगरमाथा आरोहण गरेर नयाँ र्कीतिमान कायम गर्ने उद्देश्यले नेपाली आरोही टासी लाक्पा शेर्पा आज सगरमाथा जान लागेका हुन । पर्यटन विभागले उनलाई आइतबार साँझ आरोहण अनुमती प्रदान गरेको थियो। 

आरोही टासी लाक्पासँगै सहयोगीका रुपमा पासाङ नोर्बु शेर्पा, हलुङ दोर्जी शेर्पा र मिङतेम्बा शेर्पा गाइडका रुपका जाँदैछन्।

सगरमाथा बिना अक्सिजन टासी लाक्पा

विशेष